
भक्तपुर: ‘बालबालीकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित सामुदायिक र संस्थागत विद्यालयका १२ वर्षसम्मका बालबालीकाहरुबीच चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
सुनपा-५ स्थित कटुञ्जे आधारभूत विद्यालयमा भएको ‘साँस्कृतिक सम्पदाले भरिपूर्ण हाम्रो सूर्यविनायक’ विषयमा भएको चित्रकला प्रतियोगितामा शिक्षा ई स्कूलकी रिया लामिछाने प्रथम भएकी छिन् । त्यस्तै, ईडेल गार्डेन ई स्कूलका रुथ राई द्धितीय र देउवा गाउँ आधारभूत विद्यालयकी जेनीशा राई तृतीय हुन सफल भएकी छिन् ।
प्रतियोगितामा नोबेल ई स्कुलकी सुदृष्टि कट्टेल र माउन्टेलन भ्यू ई स्कुलकी रिहाना कार्की सान्त्वना भएकी छिन् । विजयीहरुलाई मंगलबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।