सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा शान्ती विनायक गणेश मन्दिरको शिलापत्र अनावरण

भक्तपुर: सुर्यविनायक नगरपालिकाका वडा नंं ३ स्थित शान्ती विनायक गणेश मन्दिरको शिलापत्र अनावरण गरिएको छ ।

नगर प्रमुख बासुदेव थापाले मंगलबार आयोजित एक कार्यक्रमकाबीच शिलापत्रको अनावरण गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले शिलापत्र निर्माणमा सहयोग गर्ने विभिन्न ब्यक्तीत्वहरुलाई सम्मान समेत गर्नु भएको थियो ।

कार्यक्रममा वडा नंं २ र ३ का वडाध्यक्ष क्रमश प्रदिप कार्की र दिपेन्द्र केसीलगायत जनप्रतिनिधि स्थानीयको सहभागिता थियो ।