सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा छहारी सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा उद्घाटन

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले छहारी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्नु भएको छ ।

अस्वस्थताका बाबजुत पनि कार्यक्रमा सहभागि हुनु भएको प्रमुख अतिथि थापाले सूर्यविनायक नगरपालिका-४ को गाम्चा रहेको छहारी सहकारी संस्थाको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको हो ।

मेयर थापाले सहकारी संस्थालाई ब्यवस्थित ढंगले चलाउन राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्दै आउनु भएको छ । साथै उहाँले सहकारीहरु निश्चित मापदण्ड र मूल्य मान्यता अनुसार चल्नुपर्नेमा समेत जोड दिदैं आउनु भएको छ ।