शुभ दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाद्धारा शुभकामना

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्वको शुभ अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

मेयर थापाले शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व २०८० को शुभ अवसरमा नगरबासी, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको हो ।

उहाँले हामी सबैमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास समेत ब्यक्त गर्नु भएको छ ।