
काठमाडौं: काठमाडौँ उपत्यका मेयर्स फोरमको छैठौ बैठक सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाको संयोजकत्वमा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गरिएको बैठकमा मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई सहित उपत्यकाका १७ वटा स्थानिय तहका मेयर र उपमेयरको उपस्थिति रहेको थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संचालन गरेको कार्यक्रममा उपमेयर सान्नानी लामाले स्वागत गर्नुभएको थियो भने नगर प्रमुख दिपक रिसालले नगरपालिकाको बिषयमा भिडियो सहित प्रस्तुति दिनु भएको थियो ।