
भक्तपुर : सूर्यविनायक नगरपालिकाले विद्युतीय नक्सापास प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ भने पुराना फाईलहरुको पनि डिजीटलाईजेशन गर्ने कार्य सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिकामा भवन निर्माण तथा नक्सापास प्रणाली ब्यवस्थित गर्नका लागि विद्युतीय भवन अनुमति प्रणाली (ईबीपीएस) सञ्चालनमा ल्याइएको थियो ।
विद्युतीय भवन अनुमती प्रणाली (ईबीपीएस) कार्यान्वयनमा आउनु भन्दा अगाडि कार्यालयमा रहेको भवन निर्माण नक्सापास फाईलहरु समेत डिजीटलाईजेशन गर्ने कार्य सम्पन्न भएको सार्वजनीक सेवा, सुशासन तथा क्ष्माता विकास समितिका संयोजक सानुकाजी कायस्थले जानकारी दिनुभयो ।
फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने र पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि इबिपिएस प्रभावकारी बन्दै गएको देखिन्छ ।
डिजिटल प्रणालीमा फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट हुँदैन भने नक्सा पास गर्दा कागजपत्र सुरक्षित रहने तथा तथ्यांक राख्न र चाहिएका बेला तुरुन्त खोज्न सहज हुन्छ । नक्सा पासबाट संकलन हुने शुल्कसमेत पारदर्शी हुन्छ ।
त्यसैगरी, नगरमा कति घर र आवास भवन बन्दै छन, घर वा व्यावसायिक प्रयोजनका लागि निर्मित भवनले कर तिरे वा नतिरेको जानकारीसमेत सजिलै पाउँन सकिन्छ ।
फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने भएकाले र पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि इबिपिएस प्रभावकारी बन्दै गएको देखिन्छ ।
त्यस्तै, सुशासनतर्फ न्यायिक समितिको काम कारवाहीलाई प्रविधिमैत्री रुपमा संचालन गर्न न्यायिक समिति सम्बन्धी सफट्वेयर निर्माण भई कार्यान्वयन भई रहेको, कर्मचारीको ब्यक्तीगत विवरण सम्बन्धी कर्मचारी ब्यवस्थापन सफ्टवेयर कार्यान्वयनमा ल्याइएको छ । ई हाजिरी प्रणालीलाई वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा समेत अनीवार्य गरिएको छ ।
नगर कार्यापालिकाको कार्यालय र वडा कार्यालयहरुमा नागरिक वडापत्र कार्यान्वयनमा ल्याइएको र नगरपालिकाको वेभसाईट नियमीत रुपमा अपडेट गरी सूचना प्रवाहलाई चुस्त दुरुस्त राखिएको पनि जनाइएको छ ।
नगरपालिकाको ब्यक्तीगत घट्ना दर्ता र सामाजिक सुरक्षा भक्ता वितरण राष्ट्रिय परिचपत्र तथा पञ्जीकरण विभागले तयार गरेका (भीईआरएसपी, एमआईएस) सफ्टवेयरमा भईरहेको छ । नगरपालिकामा नेपाल सरकारबाट स्वीकृत भए अनुसारको स्थानीय सञ्चित कोष ब्यवस्थापन प्रणाली (सूत्र) प्रयोगमा ल्याइएको छ । भुक्तानी बैकिङ प्रणालीबाट मात्र गर्ने गरिएको छ ।