सूर्यविनायकको शैक्षिक क्षेत्र सुधारमा सक्रियतापूर्वक लागिपरेका छौ: रविन्द्र सापकोटा, संयोजक-सामाजिक विकास समिति तथा प्रवक्ता

सूर्यविनायक : शैक्षिक क्षेत्रको सुधारका लागि सूर्यविनायक नगरपालिका सक्रियातापूर्वक लागिपरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिबृद्धि गर्नका विभिन्न योजना तथा रचनात्मक गतिविधि र कार्यक्रम सञ्चालन गर्दै सक्रियतापूर्वक लागिपरेको हो ।

नगरपालिकाले देशभरमै पहिलो पटक सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेर निकै चर्चा कमाएको छ भने शैक्षिक क्षेत्रमा नमूना र उदाहरणीय कार्य समेत गर्दै आएको छ ।

नगरपालिकाले शैक्षिक क्षेत्रमा सुधार ल्याउने उद्देश्यले शैक्षीक क्यालेन्डर नै बनाएर अगाडि बढिरहेको छ । नगरपालिकाको सामाजिक विकास समिति अन्तर्गत पर्ने शिक्षा शाखाले चालू आर्थिक वर्षको ६ महिनामा निकै नै महत्वपूर्ण कार्य गरेको छ । समितिका संंयोजक रविन्द्र सापकोटाकाले नगरपालिका मानवीय विकासमा लागिपरेको बताउनुभयो ।

नगर प्रवक्ता समेत रहनु भएको सापकोटाका अनुसार चालु आर्थिक वर्षमा मात्र विभिन्न गतिविधिहरु भएका छन् । बालबाबालिकाको अन्तनिहित प्रतिभाको प्रस्फुटन तथा क्षमता विकासका लागि आधारभूत तहका लागि नगरस्तरीय नृत्य प्रतियोगिता सञ्चालन गरी उत्कृष्ठ ठहरिएका विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको छ ।

शिक्षाको गुणस्तर अभिबृद्धि एवम पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुलाई पठनपाठनमा एकरुपता कायम गर्न परीक्षा समिति गठन गरी सो समिति मार्फत प्रश्नपत्र निर्माण, छपाई तथा वितरणको कार्यलाई निरन्तरता दिइएको छ ।

शिक्षा क्षेत्रमा विनियोजित बजेटको उच्चतम सदुपयोग तथा प्रतिफल प्राप्तीमा सहयोग पुगोस भन्ने हेतुले अनुगमन सुपरिवेक्षणका कार्यमा जोड दिइएको र अनुगमन प्रतिवेदनका आधारमा दिवा खाजा लगायतका विद्यालयमा अनुदान जाने रकमलाई निकास गर्ने गरिएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग मासिक रुपमा बैठक बसी शैक्षीक सुधारका लागि पहल गरिएको, स्थानीय पाठ्यक्रमका आधारमा कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक लेखन कार्य सम्पन्न गरिएको छ ।

त्यस्तै, पालिका स्तरमा सञ्चालीत बाल विकास केन्द्रहरुको अनुगमन गरी बिना अनुमति सञ्चालीत केन्द्रहरुलाई आवश्यक प्रक्रिया पूरा गरी अनुमति प्रदान गर्ने कार्य भइरहेको संयोजक सापकोटाले बताउनुभयो ।

नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग मासिक रुपमा बैठक बसी शैक्षीक सुधारका लागि पहल गरिएको, स्थानीय पाठ्यक्रमका आधारमा कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक लेखन कार्य सम्पन्न गरिएको छ ।

संयोजक सापकोटाका अनुसार बालबालिकालाई आत्मनिर्भर, स्वावलम्बी पराकमी तथा राष्ट्रप्रति बफादारीताको भावना जागृत गराउन एक विद्यालय एक स्काउट ट्रप गठनको लागि नगर स्काउट समितिसँग सम्झौता गरी विद्यालयहरुमा स्काउट ट्रप गठनको काम शूरु गरिएको तथा प्रत्येक विद्यालयमा स्काउट शिक्षकको ब्यवस्थापनका लागि आधारभूत स्काउट तालिम निकट भविष्यमा सञ्चालन गर्ने योजना रहेको छ ।

एसइई र नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा हासिल गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ठ छात्र÷छात्राहरुलाई १५ हजार र १० हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्रबाट पुरस्कृत गरी विद्यार्थीहरुको हौसला बढाउने कार्य गरिएको छ ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नीतिलाई अंगीकार गरी नगरपालिकाको आन्तारिक स्रोतबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता भब्य रुपमा सम्पन्न गरेको छ । प्रतियोगितामा १ हजार १ सय ३० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

एसइई र नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा हासिल गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ठ छात्र÷छात्राहरुलाई १५ हजार र १० हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्रबाट पुरस्कृत गरी विद्यार्थीहरुको हौसला बढाउने कार्य गरिएको छ ।

त्यस्तैगरी, सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिबृद्धि तथा अभिभावकको आकर्षणका लागि अतिरिक्त क्रियाकलप अन्तर्गत नृत्य शिक्षक ब्यवस्थापनका लागि विज्ञापन प्रकाशन गरी इच्छुकहरुको निवेदन संकलन गरी छनोट प्रक्रियाको थालनी गरिएको नगरपालिकाले जनाएको छ ।