सूर्यविनायकमा सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न र सुशासन कायम गर्न प्रयासरत छौ: सानुकाजी कायस्थ

भक्तपुर: सूर्यविनायक नगरपालिकाले सार्वजनीक सेवा, सुशासन तथा क्षमता विकासमा विशेष जोड दिदैं आएको छ । नगरपालिकाबाट सम्पादन हुने कार्यहरुमा सहजीकरण ल्याउन तथा गुणस्तरीय सेवा प्रवाह गर्न प्रविधिमैत्री वातवारण सृजनाका लागि महत्वपूर्ण कार्य गर्दे आएको छ ।

नगरपालिकाका सार्वजनीक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक सानुकाजी कायस्थका अनुसार नगरपालिकाबाट हुने सबै आर्थिक कारोबार बैकिगं प्रणालीमा आबद्ध गर्दै सेवाग्राहीलाई एकै स्थानबाट छिटो छरितो रुपमा सेवा प्राप्त गर्न सक्ने वातावरण मिलाउन एनआईसी एसिया बैकसँग सम्झौता गरी नगर कार्यापालिकाको परिसरबाट सरकारी कारोबार सहितको बैकिगं सेवा दिइरहेको छ ।

नगरपालिका र बैकको सहकार्यबाट सरल रुपमा राजस्व संकलन कार्य गर्न नगर कार्यापालिकाको कार्यालय र वडा कार्यालयहरुमा क्यू आर कोड स्क्यान गरी कर तथा शुल्क तिर्न सकिने ब्यवस्था मिलाइएको छ ।

सार्वजनीक सेवा तथा क्षमता विकास समितितर्फ विनियोजन भएको बजेटबाट यस आर्थिक वर्षमा सम्पन्न गर्ने गरी विभिन्न क्रियाकलप गर्न खर्चको बाँडफाँड कार्य गरिसकिएको र संचालन गरिने क्रियाकलपलाई सेवा प्रवाह र क्षमता विकाससँग जोडी सोही अनुरुप प्रतिफल हासिल गरिने लक्ष्य लिइएको संयोजक कायस्थले बताउनुभयो ।

नगरपालिकाको कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने ८ वटा वडा कार्यालयहरुको आफ्नै पक्की भवन तयार भई ब्यवस्थित वडा कार्यालय भवनमा कार्यालय संचालन भईरहेको छ । वडा नंं ५ को कार्यालय भवन निर्माण शूरु भइसकेको छ भने वडा नंं १ को कार्यालय भवन निर्माणको लागि उपयुक्त स्थानमा जग्गा खोजी गरी निर्माण कार्य प्रारम्भ गर्ने लक्ष्य राखिएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ब्यवस्था भए अनुसार नगरपालिकामा सूचना प्रविधिको प्रयोग गरी घर नम्बर राख्ने कार्यको शूरुवात र नगरबासीहरुलाई नगरपालिकाले प्रवाह गर्ने सेवाको सहज पहुँचको लागि मोबाइल एपको निर्माण गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

सूचना तथा तथ्यांक ब्यवस्थापनलाई प्रभावकारी बनाई आम नागरिक तथा सम्बद्ध निकायहरुमा नियमीत सूचना प्रवाह गर्नका लागि नगर प्रवक्ता तोकि निजको संयोजकत्वमा नगर स्तरीय सूचना ब्यवस्थापन इकाई गठन गरिएको, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको ब्यवस्था गरिएको र जनशक्ती ब्यवस्थापन सहित सूचना केन्द्रको सुदुढीकरण कार्य अगाडि बढाइएको छ । मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र सामुदायिक विद्यालयहरुमा समेत सूचना अधिकारी तोक्न लगाइ नियमीत सूचना प्रवाह गर्ने ब्यवस्था मिलाइएको छ ।

नगरपालिकाको कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने ८ वटा वडा कार्यालयहरुको आफ्नै पक्की भवन तयार भई ब्यवस्थित वडा कार्यालय भवनमा कार्यालय संचालन भईरहेको छ । वडा नंं ५ को कार्यालय भवन निर्माण शूरु भइसकेको छ भने वडा नंं १ को कार्यालय भवन निर्माणको लागि उपयुक्त स्थानमा जग्गा खोजी गरी निर्माण कार्य प्रारम्भ गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, कार्यालयको आन्तरिक वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन कार्यालय प्रागण तथा कार्यकक्षहरुमा फुल विरुवा तथा गमला ब्यवस्था गरी सोको रेखदेख समेतको ब्यवस्था मिलाई कार्यकक्ष र कार्यालय परिसरलाई वातावरण मैत्री बनाउने प्रयास समेत गरिएको संयोजक कायस्थको भनाई छ ।