सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेका छौ: पुष्पराज बस्नेत, संयोजक, आर्थिक विकास समिति

भक्तपुर: सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेको बताउनु भएको छ । संयोजक बस्नेतले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले पर्यटन गुरुयोजना सम्भाब्यता अध्ययन भइरहेको जानकारी गराउनुभयो ।

वडा नंं ८ को वडाध्यक्ष समेत रहनु भएको बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि शिव सर्किट प्रबद्र्धन गर्ने काम भइरहेको र यसअघि सम्पूर्ण जनप्रतिनिधिहरुबाट नगरपालिका भित्रका १३ वटा शिवालयहरुको स्थलगत अध्ययन अवलोकन समेत गरिएको बताउनुभयो ।

संयोजक बस्नेतका अनुसार शिव सर्किट अन्तर्गत नगरपालिकाको वडा नं २ स्थित धर्मेश्वर महादेव, गुप्तेश्र्वर महादेव, वडा नं १ मा रहेको सोमलिङेश्र्वर महादेव, वडा नं ४ मा रहेको चरखण्डिश्र्वर महादेव , अननन्तलिङ्गेश्र्वर महादेव, ७ नं वडामा रहेको मत्क्षेश्वर महादेव , रामभक्तेश्र्वर महादेव , ५ नं वडामा रहेको सुवर्णेश्र्वर महादेव, वडा नं ६ र ८ मा रहेको सुर्यविनायक गणेश मन्दिर, ८ नं वडामा रहेको आसापुरेश्र्वर महादेव, १० नं वडामा रहेको कैलाश महादेव , नटरम्भेश्र्वर महादेव, महाकालेश्वर महादेव, ९ नं वडा मा रहेको नन्दकिशोर महादेव र ८ नं वडामा रहेको केदारनाथको शीर डोलेश्वर महादेवको मन्दिर रहेका छन् ।

बस्नेतले आर्थिक समिति अन्तर्गत पर्ने शाखाहरुलाइृ ब्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको स्पष्ट पार्नुभयो । आर्थिक समिति अन्तर्गत कृषि तथा पशुपंक्षी, पर्यटन, सहकारीलगायत क्षेत्र पर्दछन् ।

उहाँले सूर्यविनायक नगरपालिकामा सूचीकृत र दर्ता हुने सहकारी संस्थाहरुकाृ संख्या २०३ वटा रहेको जानकारी गराउनुहुँदै चालु आर्थिक वर्षमा सहकारी संस्था सूचीकरण १ वटा र नवीकरण सहकारी संस्थाहरु ११८ वटा, सिफारिस तथा पत्राचार ८६४ वटा र सहकारी संस्थाहरुकाु लेखापरीक्षकको नियुक्ती स्वीकृत १०२ वटा रहेको बताउनुभयो ।

संयोजक बस्नेतका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा विद्युतीय सहकारी शिक्षा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा संस्थाका अध्यक्ष तथा ब्यवस्थापन गरि १५० जना सहभागिता रहेको थियो । कृषि तथा सहकारी शाखाबीच संयुक्त रुपमा विभिन्न समयमा २२ वटा सहकारी सस्थाहरुको प्रारम्भिक अनुगमन गरिएको छ । समावेशीकरण शाखाको समन्वयमा ६ वटा वडामा १३ वटा महिला सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिका र वाच टू वाच तथा स्वीस सरकारको संयुक्त सहयोगमा स्थानीय उद्योग तथा ब्यवसायहरुलाई उद्यमशीलता विकास र ब्यवसायको स्तर उन्नतिको लागि सहयोग प्रदान गरि ब्यवसाय विकास सुदुढीकरणको माध्यमबाट स्थानीय अर्थतन्त्रलाई उकास्न नगर सशक्तीकरण गर्ने हेतुले निर्माण एकीकृत स्थानीय विकासको लागि ब्यवसाय स्तरोन्नति भन्ने मूल नाराका साथ स्थानीय २० वटा उद्योग तथा ब्यवसायहरु छनौट गरि ब्यवसाय विकास तालिम सहयोग उपलब्ध गराइएको छ ।

कृषि तथा पशुपंक्षी तर्फ कृषकहरुलाई गहुँको वीउ, कम्पोजिट पाकेट हिउँदे तरकारीको बिउ, प्रागारिक मल, रोगनाशक कीटनाशक विषादी वितरण देखि माटोको नमूना जाँच गर्ने कार्य सम्पन्न गरिएको छ । पशुपन्थी विकास उपशाखाबाट पशुपंक्षीको निशूल्क उपचार, गाई, भैसी र बाख्रा लगायत अन्य घरपालुवा पशु पशुपन्क्षीमा निशुल्क परिजीवी नियन्त्रण, जै घाँस वितरण, खोरेत रोग विरुद्धको खोपलगायत निशुल्क वितरण गर्ने कार्य सम्पन्न भएको छ ।