बालमैत्री नगरपालिका निर्माणमा अग्रसर हुँदै सूर्यविनायक, वडा-वडामा बाल क्लव गठन तथा पुनर्गठन जारी

भक्तपुर: ‘बालमैत्री अभियान हाम्रो कार्यभार, सूर्यविनायकको आधार’ भन्ने अभिप्राय सहित नगरपालिकालाई २०८३ जेठ मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाबाट बाल सहभागीलाई सुनिश्चित गराउँन वडा तहमा बालक्लब संजाल र टोल स्तरमा बालक्लब गंठन कार्यक्रमहरु संचालन भईरहेको छ ।

हाल सम्म वडा नं. १, ३, ४, ५, १० मा पुर्णगठन र गठन सम्पन्न भएको छ भने बाँकी वडाहरुमा पूर्ण गठन अभियान संचालन हुर्दैछ ।

सुर्यविनायक नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन रणनीति योजना र आवश्यक नीति नियम र बजेट सहित नगरसभाबाट पास गरि योजना अनुरुप कार्यक्रमहरु संचालन भईरहेको जानकारी स्थानीय बाल अधिकार समितिका सदस्य दिपेश बिसुङ्केले गराउनुभयो ।