
भक्तपुर: सूर्यविननायक नगरपालिका वडा नंं ५ ले अपाङ्गता भएका ब्यक्तीहरुलाई कब्बल वितरण गरेको छ । वडा नंं ५ ले आइतबार अपाङ्गता लक्षीत कार्यक्रम अन्तर्गत कब्बल वितरण गरेको हो ।
वडा नंं ५ का कार्यवाहक अध्यक्ष मनोज थापा, वडा सदस्यहरु कमला प्रोखरेल, बासुदेब पोखरेल र गिता बिसुन्खेले संयुक्त रुपमा कब्बल वितरण गरिएको हो ।
कार्यवाहक अध्यक्ष थापाका अनुसार वडामा सूचीकृत ४८ जना अपाङ्गता भएका ब्यक्तीहरुमध्ये ११ जना सहभागि हुन सक्नु भएन भने ३७ जना सहभागि हुनु भएको थियो । वितरण कार्यक्रममा सहभागि हुन नसक्ने ब्यक्तीहरुलाई घर-घरमा पुगेर वितरण गरिने थापाले बताउनुभयो ।



