
भक्तपुर : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य जाँच गर्नु भएको छ । पूर्व प्रधानमन्त्री डा. भट्टराईले जगातीस्थित सूर्यविनायक नगर अस्पताल पुगेर स्वास्थ्य जाँच गर्नु भएको हो ।

यसअघि ‘प्रोस्टेट’को शल्यक्रिया गर्नु भएको डा. भट्टराईले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्मासँग नियमीत रुपमा चेकजाँच गरिरहनु भएको छ ।
सोमबार नगर अस्पताल आउनु भएको डा. भट्टराईको भिडियो एक्सरे र रगत जाँच गरिएको छ । अब भने नियमीत रुपमा ६/६ महिनामा चेकजाँचका लागि नगर अस्पतालमै आउनुहुने अस्पतालले जनाएको छ ।

सो अवसरमा पूर्व प्रधानमन्त्री भट्टराईले अस्पतालको वातावरण र सेवाप्रति आफू निकै नै आर्कषीत भएको बताउनुभयो । सूर्यविनायक नगरपालिका प्रमुख तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापाले डा. भट्टराईसँगको अनौपचारिक छलफलमा अस्पताल शूरु गर्दाको क्षण स्मरण गदै अस्पताललाई यो अवस्थामा ल्याउन धेरै कठिनाई ब्यहोर्नु परेको जानकारी गराउनुभएको थियो ।
निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ ।
नगर अस्पतालले स्थापनासँगै नगरबासीलाई उपचारमा १५ प्रतिशत छुटको ब्यवस्था गर्दै आएको बताउँदै मेयर थापाले नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउँदै आएको र विमा गर्नेलाई छुटको ब्यवस्था पनि गरिरहेको जानकारी गराउनुभयो ।
अरनिको राजमार्गसँगै जगातीमा रहेको नगर अस्पताल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । अस्पताल परिसर निकै सुन्दर र सफा छ भने वरिपरिको वातावरणले सबैलाई लोभ्याउँने गरेको छ ।
निकै सफा र सुन्दर रहेको बालमैत्री तथा अपांगमैत्री अस्पतालमा आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रे, खोप सेवा र फार्मेसी सेवालगायत आवश्यक सबै सेवा २४ सौं घन्टा सञ्चालन हुँदै आएको छ ।
आफ्नै अक्सिजन प्लान्ट रहेको अस्पतालमा स्थानीय जनसमुदायहरुले पनि यहिबाट कम मुल्यमा अक्सिजन भरेर लग्ने गरेका छन् जसले गर्दा स्थानियहरु लाभान्वित भएका छन् ।
अरनिको राजमार्गसँगै जोडिएको हुनाले नगरवासीका साथै काभ्रेपलाञ्चोक, सिल्धुपाल्चोक, दोलखा र सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेका समेत उपचारका लागि आउने गरेका छन् ।