
भक्तपुर : सूर्यविनायक नगरपालिकाले प्रधानाध्यापक तथा विषयगत शिक्षकहरुको लागि आईटी सम्बन्धी तालिम संचालन गरेको छ । सूर्यविनायक नगरपालिका वडा नंं ७ मा अवस्थित ज्योति माध्यामिक विद्यालयमा तीन दिने तालिम शूरु भएको हो । तालिममा २९ जना सहभागि छन् ।

शुभारम्भ कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटा, शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख रत्न बहादुर कट्वाल र आईटी शाखा प्रमुख सौरव नेपाललगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न खालका रचनात्मक गतिविधिहरु संचालन गर्दै आएको छ ।
