
भक्तपुर : सूर्यविनायक नगरपालिकाले विकास योजनाहरुको अनुगमन गर्ने कार्यलाई तीब्रता दिएको छ । अनुगमन समिति संयोजक तथा नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराईको नेतृत्वमा सोमबार वडा नं १ र ७ नं वडाका विभिन्न योजनाहरुको अनुगमन गरिएको छ ।

अनुगमन समिति संयोजक भट्टराईका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ खण्ड (ख) मा भएको ब्यवस्था वमोजिम नगरपालिकाबाट सञ्चालन हुने विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि गरिने अनुगमन तथा सुपरिवेक्षण कार्यलाई ब्यवस्थित र प्रभावकारी तुल्याउने उद्देश्यले नियमीत आयोजना अनुगमन गर्ने कार्यको निरन्तरता दिइएको हो ।

नगरपालिकालाई दिगो, ब्यवस्थित र सुदृढ बनाउन नगरबासीहरुलाई रचनात्मक सुझावको लागि आग्रह
सो अनुगमनको क्रममा वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थ , वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटा, पुर्वाधार समितिका संयोजक तथा वडा नं १० का अध्यक्ष शिवराम राउत, नगरपालिकाका ईन्जिनियर जनक न्यापौने र सुनिला होडा सहित स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थिति थियो ।
सूर्यविनायक नगरपालिकाले योजना बनाएर वडा वडामा तीब्र विकासको काम गर्न शुरु गर्दा केहि विवाद आए पनि पछि साघुरो बाटो फराकिलो, पानी ढलको व्यवस्था, पिच ढलान सहित सजिलो बनाए पछि वडावासीहरु अत्यन्तै खुशी भएका छन् ।
नियमीत अनुगमनले नगरपालिकाले बनाएको नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूमा लगानी तथा साधनको प्रवाह उचित ढङ्गले भए/ नभएको वा अपेक्षित नतिजा हासिल भए/नभएको सम्बन्ध गरिने निगरानी, सूचना सङ्कलन, विश्लेषण तथा सुधारात्मक कार्य लाई सहज हुने गर्छ । साथै यसले अपेक्षित नतिजा हासिल गर्न समेत मद्धत पुग्दछ ।

वडावासीहरुलाई आफ्नो वडामा टोलमा हुँदै गरेको विकास निर्माणको काम स्वंय उपभोक्ताहरुले अनुगमन गर्नु पर्छ जसको कारण काममा गुणस्तरीयतामा कमी हुंदैन ।

उपप्रमुख भट्टराईले सूर्यविनायक नगरपालिकालाई दिगो, ब्यवस्थित र सुदृढ बनाउन नगरबासीहरुलाई रचनात्मक सुझावको लागि आग्रह समेत गर्नु भएको छ ।
