भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नंं ४ दधीकोटमा अवस्थित अरनिको माध्यामीक विद्यालय प्रवेशद्धारको शिलान्यास गरिएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सोमबार एक कार्यक्रमकाबीच उक्त प्रवेशद्धारको शिलान्यास गर्नु भएको हो ।
सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका विकास निर्माणसँगै मानवीय विकासमा लागिपरेको बताउनुभयो । नगरपालिकामा धेरै विकास निर्माणका कार्यहरु भएको बताउँदै मेयर थापाले मानवीय विकास अन्तर्गत शिक्षा, स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढिरहेको बताउनुभयो ।
नगरपालिकाका जनप्रतिनिधिहरु एकढिक्का भएर अगाडि बढिरहेको र अधुरा योजना पूरा हुने् चरणमा रहेको जानकारी समेत उहाँले गराउनुभयो ।
कार्यक्रममा वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, नगरपालिका प्राविधिक शाखा प्रमुख जनक न्यौपाने, कार्यक्रम संयोजक प्रेम बहादुर खडका, कार्यपालिका सदस्य तारा सापकोटा, वडा सदस्यहरु उज्वल राजथला र विदुर खड्का, अरनिको विद्यालयका प्रधानाध्यापक महेन्द्र कुमार श्रेष्ठलगायत स्थानीयबासिन्दाहरुको सहभागिता थियो । प्रवेशद्धार कलात्मक शैलीमा निर्माण गरिनेछ