सूर्यविनायक: सूर्यविनायक नगरपालिकाले ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण गर्ने भएको छ । वडा नंं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले मंगलबार एक सूचना जारी गर्नुहुँदै चौथौ नगरसभाबाट स्वीकृत कृषि विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा प्लास्टिक टनेल वितरण गरिन लागेको बताउनु भएको हो ।
वडाध्यक्ष सापकोटाका अनुसार इच्छुकले यही १५ माघसम्म वडा कार्यालयमा निवेदन दिइसक्नुपर्नेछ ।