
भक्तपुर: सूर्यविनायक नगरपालिकामा चालू आर्थिक वर्षको हालसम्म १ सय १८ वटा सहकारी संस्थाले नवीकरण गरेका छन् । सूर्यविनायक नगरपालिकामा सूचीकृत र दर्ता रहेका २०३ वटा सहकारी संस्थामध्ये १ सय १८ वटाले नवीकरण गरेका हुन् ।
नगरपालिकामा चालु आर्थिक वर्षमा सहकारी संस्था सूचीकरण १ वटा र १ सय २ वटा सहकारी संस्थाहरुको लेखापरीक्षक नियुक्तीको स्वीकृत लिएका छन् ।
नगरपालिकाले सहकारी संस्थालाई ब्यवस्थित बनाउनका लागि विद्युतीय सहकारी शिक्षा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा संस्थाका अध्यक्ष तथा ब्यवस्थापन गरि १५० जना सहभागिता रहेको थियो ।
त्यस्तै, विभिन्न समयमा २२ वटा सहकारी सस्थाहरुको प्रारम्भिक अनुगमन गरिएको छ भने ६ वटा वडामा १३ वटा महिला सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।