
सूर्यविनायक: सूर्यविनायक नगरपालिकाका प्रवत्ता रविन्द्र सापकोटाले बाल विकासका लागि विविध कार्यक्रमहरु अघि बढाएको बताउनु भएको छ ।

सूर्यविनायक नगरपालिका स्थानीय बाल अधिकार समितिद्धारा आयोजित वार्षिक कार्ययोजना तथा कार्यक्रम पात्रोको खाका निर्माण सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्नु हुदै नगरप्रवक्ता सापकोटाले सो कुरा बताउनु भएको हो ।

हरेक क्षेत्रमा बालसहभागिता हुनु पर्छ भन्ने कुरालाई मध्यनजर गदै नगरपालिका अघि बढेको जानकारी दिनु भयो ।

नगरका सम्पूर्ण बालबालिकाहरुको विविध क्षेत्रको विकासका लागि विद्यालय स्तरमा मात्रै नभई विभिन्न बालक्लबहरु मार्फत पनि कार्यक्रमहरु अघि बढाइएको उल्लेख गर्नु भयो ।
शिक्षा संगै नृत्य, खेलकुद लगायतका क्षेत्रमा बालबालिकाहरुलाई अब्बल बनाउन विभिन्न कार्यक्रमहरु भइरहेको बताउदै सबै बालबालिकाहरुलाई समेट्न बालक्लबहरु मार्फत पनि अघि बढेको स्पष्ट पार्नु भयो ।
सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका सापकोटाले बालबालिकालाई भविष्यमा समाजको महत्वपूर्ण हिस्सा बनाउनका लागि पनि नगरपालिका जिम्मेवार भएर लागिरहेको बताउनु भयो ।