सूर्यविनायक: सूर्यविनायक नगरपालिकाले बीना अनुमति कक्षा संचालन नगर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले एक विज्ञप्ति जारी गरि पालिकाभित्र केहि विद्यालयले बीना अनुमति कक्षा संचालन गरेको र विद्यालय हाताभित्र खुला विद्यालयका नाममा अन्य कक्षाहरु संचालन गरेको तथा अनुमति नलिएको भन्ने लिखित उजूरीहरु प्राप्त भएको भन्दै अनुमिति नलिई कक्षा संचालन नगर्न आग्रह गर्नुभयो ।
विज्ञप्तिमा यस्ता शैक्षिक गतिविधिहरुबाट भविष्यमा कसैलाई कुनै किसिमको हानी नोक्सानी पुग्न गएमा पालिका जवाफदेहीता नहुने र विना स्वीकृति अवैधानीक रुपमा शैक्षिक गतिविधी संचालन गर्ने शैक्षीक संस्थालाई कारवाहीको दायारमा ल्याउने चेतावनी दिइएको छ ।