सूर्यविनायक: सूर्यविनायक नगरपालिकाले सूर्यविनायक धुलिखेल बाटो विस्तारमा सहयोग गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गरि अरनिको राजमार्गको सूर्यविनायक ८, ९ र १० वडाका पर्ने सडकको केन्द्रको दायाँ बायाँ २५/२५ गज भित्र रहेका अस्थायी घर टहरा हटाउन पटक पटक सूचना प्रकाशित भइसकेकाले र अन्तिम पटक ७ दिनभित्र उक्त संरचनाहरु भत्काई सहयोग गर्न आग्रह गरिएको हो ।
७ दिनभित्र नहटाएमा उक्त संक्रमित टहरा आयोजनाबाट हटाई सो बरावर लागेको खर्च समेत सम्बन्धीत ब्यक्तीबाट असुल उपर गरिने सूचनामा उल्लेख छ ।