
सूर्यविनायक: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले विद्यार्थी भाईबहिनीहरुको लुकेको प्रतिभा र क्षमता प्रस्फूटन गर्न गीत संगीत र नृत्य क्षेत्रमा अगाडि बढाउनुपर्ने बताउनु भएको छ ।

सुनपा-९ भातेढिकूर स्थित मदरल्याण्ड इङ्गलिस स्कुलले शुक्रबार आयोजना गरेको मिस एण्ड मास्टर लिटल स्टार सिजन १ को उद्घाटन गर्नुहुँदै मेयर थापाले विद्यार्थी भाई बहिनीहरुलाई अतिरिक्त क्रियकालपमा लगाउनुपर्नेमा जोड दिनु भएको हो ।

विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठनपाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गर्नुपर्ने मेयर थापाको भनाई छ ।

प्रतियोगितामा ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र फाईनल प्रतिस्पर्धामा सहभागि रहेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्की, ९ का वडाध्यक्ष भगवान खत्री तथा शिक्षासँग सरोकार राख्ने विज्ञ र अभिभावकहरुको सहभागिता थियो ।

