भक्तपुर । दोस्रो सूर्यविनायक मेयर कप आठौ राष्ट्रिय पुरुष तथा महिला तौल समुह फुलकन्टयाक्ट क्योकुशिन कराँते प्रतियोगिता शूरु भएको छ ।
प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभयो । सो अवसरमा मेयर थापाले खेलमा हारजीत हुनु स्वभावीक भए पनि अनुशासन ठूलो कुरा भएको बताउँदै स्वास्थ्यका लागि खेल अत्यन्तै आवश्यक पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, ५ का वडाध्यक्ष राजकुमार जोशी, ६ का वडाध्यक्ष ईश्वर खडका, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, ८ का वडाध्यक्ष पुष्पराज बस्नेत र १० का वडाध्यक्ष शिवराम रावत, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापालगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
साथै मेयर थापाले खेल प्रशिक्षकलाई खेल सामाग्री वितरण गरेसँगै प्रतियोगिता शूरु भएको थियो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।