सूर्यविनायक नगरपालिकाद्धारा नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन सम्बन्धी अभिमूखीकरण

सूर्यविनायक: सूर्यविनायक नगरपालिकाले निशुल्क लोकसेवा तयारी कक्षाको पूर्व सन्ध्यामा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले अभिमुखीकरण कार्यक्रममको शुभारम्भ गर्नु भयो ।

नगरपालिकाले विभिन्न वडामार्फत लोकसेवा तयारी कक्षामा सहभागि हुन इच्छुकलाई फाराम भर्न आह्वान गरेको थियो । नगरभित्र स्थायी बसोबास गर्ने लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि तयारी कक्षा संचालीत गरिएको हो ।

सामाजीक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, महिला बालबालीका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रञ्जना पोखरेल लगायतले पनि लोकसेवा तयारी कक्षमा सहभागि विद्यार्थीलाई हौसल्ला प्रदान गर्नु भएको थियो । तयारी कक्षा करिब तीन महिनासम्म सञ्चालन हुनेछ ।