सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा भक्तपुर जिल्लास्तरीय कराँते प्रतियोगिताको उद्घाटन

कटुञ्जे: सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले भक्तपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रथम जिल्ला स्तरीय सिन केकोसियन फुलकन्टयाक्ट क्योकुशिन कराँते प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । सो अवसरमा मेयर थापाले स्वास्थ्यका लागि पनि खेल महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले कराँते खेल त झन आफ्नो आत्मरक्षाको लागि आवश्यक रहेको बताउनुभयो । मेयर थापाले खेलमा हारजीत हुनु स्वभावीक भए पनि अनुशासन ठूलो कुरा भएको सहभागि खेलाडीहरुलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा नेपाल जिमनास्टिक सङ्घका केन्द्रीय सचिव एवं नेकपा एमालेका जिल्ला कमिटीका अध्यक्ष वचन देउजा र मध्यपुर ठिमीका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठलगायतले पनि भक्तपुरमा खेल गतिविधि बढ्दै गएकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्लाका अध्यक्ष जगत प्रजापति, भक्तपुर जिल्ला प्याप्सन कार्यसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष पुष्कर बुढाथोकी, प्रेस युनियनका केन्द्रीय सदस्य पेशल आचार्य, पत्रकार महासङ्घका सहसचिव हेमराज ढकाल लगायत विभिन्न सङ्घसंस्थाबाट प्रतिनिधिहरुको सहभागिता थियो ।