नंखेल: नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट श्रीराम व्यान्जूको नेतृत्वमा पुरानै कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।
समितिका अध्यक्ष व्यान्जूको सभापतित्वमा सम्पन्न कार्यक्रम सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा समितिका संरक्षक रामप्रसाद सत्याल , वडा नंं ९ का वडा अध्यक्ष भगवान खत्री, वडा नं ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतलगायत अतिथिको रुपमा सहभागि हुनुहुन्थ्यो ।