सूर्यविनायक नगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढेको छ : नगर प्रमुख, बासुदेव थापा

सूर्यविनायक: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नगरपालिका शैक्षिक क्षेत्रको गुणस्तर अभिबृद्धिमा लागिपरेको बताउनु भएको छ ।

क्यान्डिड करियर सेकेन्डरी स्कुलको अभिभावक दिवस तथा शिक्षक सम्मान कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका सात वर्ष पहिलाको अवस्थाभन्दा धेरै माथि पुगेको भन्दै भौतीक पूर्वाधार, मठ मन्दिर, सडक, खानेपानीको विकासजस्ता धेरै क्षेत्रमा महत्वपूर्ण सुधार भइरहेको बताउनुभयो ।

नगरपालिकाका जनप्रतिनिधिहरु एकढिक्का भएर पछिल्लो समय शिक्षा र स्वास्थ्यमा विशेष महत्व दिएर अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

नगरपालिकाभित्र सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक, अभिभावक र स्थानीय तह एकजुट भएर आआफ्नो ठाउँबाट भूमीका निर्वाह गर्नुपर्ने बताउनुभयो । नगर प्रमुख थापाका अनुसार नगरभित्र स ३२ वटा सामुदायिक, ५८ वटा संस्थागत र , मन्टेश्वरी ४० वटा छन् ।

उहाँले विद्यार्थीहरु काँचो माटो भएकाले अनुशासनमा राख्ने काम र पठनपाठन गर्ने काम शिक्षकको भएको बताउँदै त्यसका लागि नगरपालिकाले शैक्षिक वातावरण बनाउने काम गर्ने र शिक्षालाई कुनै अंकुश नलगाई अगाडि बढाउने बताउनुभयो ।