सूर्यविनायक नगरपालिकाले विगत ७ वर्षमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छ: मेयर बासुदेव थापा

कटुञ्जे : सूर्यविनायक नगरपालिकाले विगत ७ वर्षमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छ । नगर प्रमुख बासुदेव थापाले आफ्नो दोस्रो कार्यकालसम्म आइसक्दा विकास निर्माणदेखि हरेक क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल भइरहेको बताउनुभयो । नगरपालिकाको आठौ स्थापना दिवसको अवसरमा मेयर थापाले प्रस्तुत गर्नु भएको महत्वपूर्ण उपलब्धीहरु यस्ता छन्:

– नेपालको संविधानको अनुसुचीमा ८ मा स्थानीय तहलाई प्रदान गरिएको एकल अधिकारहरुको कार्यान्वयनका लागि ३८ वटा ऐन, ९ वटा निमयावली, ४७ वटा कार्यविधि निर्देशिका र २ वटा आचार संहिता सहित ९४ वटा कानून तर्जुमा गरिएको

– नगरपालिकाको २५ वर्षे दीर्घकालीन योजना, ५ वर्षे आवधिक योजना, अन्य विषयगत तथा रणनीतिक योजना तर्जुमा गरीएका छन् । नगरपालिकाको शुन्य लगानीमा नीजि क्षेत्रसंग समन्वय गरी नगरपालिकाको गरिएको छ, फोहर मैला व्यवस्थापन कार्य गरिएको छ ।

– व्यवसायिक कृषि तथा पशुपालनको माध्यमबाट नगरवासीहरुको आर्थिक समृद्धिका लागि योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वन गरिएको छ । उद्यमशिलता र रोजगारी सृजनाका लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रको सहकार्यलाई निरन्तर रुपमा अगाडि बढाइएको छ ।

– विपद व्यवस्थापन, पर्यटन क्षेत्र विकास, आन्तरिक आय वृद्धि लगायतका क्षेत्रमा संघ, प्रदेश, र अन्तर स्थानीय तह समन्वय, सहकार्य र अन्तरसम्बन्धलाई अगाडि बढाइएको छ ।

– १५ वटा नगरसभा तथा १६२ वटा कार्यपालिका बैठक सर्वसम्मत रुपमा सम्पन्न भएका छन् । शिक्षा क्षेत्रको निरन्तर सुधारको प्रयास स्वरुप सामुदायिक विद्यालयको प्रधानाध्यापक प्रतिस्पर्धात्मक परीक्षा संचालन गरी नियुक्ती गर्ने सम्बन्धी नीति कार्यान्वयनबाट देशव्यापी रुपमा यस नगरपालिकाले प्रशंसा पाएको छ ।

– सेवा प्रवाह, वित्तीय नियन्त्रण र सुशासनको सूचकहरु पुरा गर्दै नगरपालिकाको स्व मुल्यांकन ९लिजा०, र वित्तीय मुल्यांकन मा उत्कृष्ठ नतिजा ल्याउनुका साथै हामी वित्तिय अनुशासन कायम गर्न सफल भएको छ ।

– पूर्वाधारका क्षेत्रमा ११४ कि.मी पक्की सडक निर्माण, ३७ वटा कल्भर्ट तथा पुल, ५०५३ वटा सडक बत्ति, १४५ कि.मी.सडक स्तरोन्नती, २१ हजार घरधुरीलाई स्वच्छ खानेपानी वितरण, नगर कार्यपालिका, वडा र अन्य सामुदायिक गरी ६० वटा भवन निर्माण, १७७ कि.मी.सडक सिमांकन, ७५ वटा मठ मन्दिर एवं पाटी पौवा निर्माण सुधार, ४० कि.मी. ढल, करिब २० हजार ५ सय व्यवसायिक एवं आवासीय भवनको स्वीकृति लगायतका कार्यहरु गरिएको छ ।

– नगरपालिकाको स्वलगानी तथा स्वव्यवस्थापनमा नगर अस्पताल संचालन गरि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

– नगरवासिको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य वीमामा रु।एक हजार अनुदान दिने कार्यक्रम ल्याई हालसम्म १५ हजार परिवारको स्वास्थ्य वीमा कार्य सम्पन्न भएको छ ।

-महिला, बालबालिका, जेष्ठ नागरिक, अपागंता भएका, र विपन्न नागरिकहरुको हित अभिवृद्धिका लागि नीतिगत, संरचना गत र कार्यक्रमगत रुपमा संबोधन गरिएको छ ।