नगरपालिका संघको उद्यम तथा रोजगार प्रबद्र्धन विभागको सह-संयोजकमा सूर्यविनायक उपप्रमुख भट्टराई मनोनीत

बालकोट: नेपाल नगरपालिका संघको उद्यम तथा रोजगार पबद्र्धन विभागको सहसंयोजकमा सूर्यविनायक नगरपालीकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराई मनोनीत हुनु भएको छ ।

होटेल एभरेस्टमा सोमबार सम्पन्न नगरपालिका संघ केन्दीय समितीको बैठकले उपप्रमुख भट्टराईलाई सहसंयोजक पदमा मनोनीत गरेको हो । मनोनीत भट्टराईलाई संघका अध्यक्ष भिम प्रसाद ढुंगानाले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

बैठकले विभिन्न विभाग गठन गरेको छ भने पालिकामा देखिएका समस्याहरुको बारेमा छलफल गरेको थियो । साथै पालिकामा बिज्ञापन, पर्यटन र स्वास्थमा देखिएका समस्या तथा समाधानको बारेमा समबन्धित बिभागका बिज्ञहरुबाट प्रस्तुति भएको थियो । बैठकमा ७ वटै प्रदेशबाट जनप्रतिनिधिहरु सहभागि हुनुहुन्थ्यो ।