सूर्यविनायक नगरपालिकाले वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा पायो ६७ दशमलव ३ अंक

कटुञ्जे: सूर्यविनायक नगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ठ अंक ल्याउन सफल भएको छ । नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ६७ दशमलव ३ अंक ल्याउन सफल भएको हो ।

त्यस्तै, भक्तपुरका चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिकाले ६७ दशमलव ९८ प्रतिशत, चाँगुनारायण नगरपालिकाले ५८ दशमलवव ९२ प्रतिशत र मध्यपुर थिमी नगरपालिकाले ५७ दशमल ६० अंक प्राप्त गरेको छ ।

आयोगले गत फागुन ८ गते अंक प्रकाशित गरेकामा पुनरावलोकनको लागि सात दिनको समय दिएको थियो । आयोगले पुनरावलोकन गर्दै अन्तिम नजिता प्रकाशित गरेको हो ।