
भक्तपुर । सूर्यविनायक नगरपालिका ४ का ८० वर्ष नाघेको ज्येष्ठ नागरिकहरुलाई नगद चार हजारसहित टेक्ने लौरो र जुससहित सम्मान गरिएको छ । नगर प्रमुख बासुदेव थापाले बुधबार सम्मान गर्नु भएको हो ।
वडा नंं ४ का वडाध्यक्ष लछुराम न्यौपानेको सभापतीत्वमा सम्पन्न कार्यक्रममा महिला बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रञ्जना पोखरेल, नगर कार्यपालिका सदस्य तारा सापकाटो र वडा सदस्य विदुर खडकालगायत जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो ।










