
सूर्यविनायक: सूर्यविनायक नगरपालिकाले १० वटै वडाका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई नगद चार हजार टेक्ने लौरो र जुससहित सम्मान गरेको छ ।

नगरपालिकाले शुक्रबार वडा नंं २ र ३ का ज्येष्ठ नागरिकलाई सम्मान गरेसँगै १० वटै वडाको कार्यक्रम सम्पन्न गरेको हो ।

वडा नंं २ र ३ को छुट्टा छुट्टै आयोजना गरिएको एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले सम्मान गर्नुभयो ।

वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की र वडा नंं ३ का वडाध्यक्ष दिपेन्द्र केसीले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उत्कृष्ठ कार्यको शूरुवात गरेकोमा नगर प्रमुखसहित नगरपालिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा महिला शाखा प्रमुख रञ्जना पोखरेल, जिल्ला खेलकूद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापा र वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको पनि सहभागिता थियो । दुवै वडा गरेर ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।












