विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्छ: मेयर बासुदेव थापा (तस्विरहरु)

सूर्यविनायक : सूर्यविनायक नगरपालिकाका नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने बताउनु भएको छ ।

नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका वडा नंं ९ मा अवथित मदरल्याण्ड स्कूलको वार्षिकोत्सवको अवसरमा आयोजित सम्मान तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप र अनुशासन कायम गर्ने विषयमा जोड दिनुपर्ने बताउनु भएको हो ।

बालबालीकाहरुको पठनपाठन राम्रो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने नगर प्रमुख थापाले बताउनुभयो । उहाँले विद्यार्थीको प्रतिभा प्रस्फूटन अतिरिक्त क्रियाकलप बेलाबेलामा गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

सोही कार्यक्रमको अवसरमा नगर प्रमुख थापाले विद्यालयका शिक्षक शिक्षीकाहरुलाई सम्मान समेत गर्नु भएको थियो ।