
सूर्यविनायक: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले नगरपालिका आयमूलक, ब्यवसायीमूलक र रोजगारीमूलक क्षेत्रको विकासमा लागिपरेको बताउनु भएको छ ।
आफ्नो दोस्रो कार्यकालको सात वर्षमा आइपुग्दा भौतीक पूर्वाधारका धेरै काम भइसकेको बताउँदै अब आयमूलक, ब्यवसायीकमूलक र रोजगारीमूलक क्षेत्रको विकास गर्ने गरि अगाडि बढ्ने स्पष्ट पार्नुभएको हो ।
नगरपालिकाले अबको मुख्य प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्रलाई दिएको बताउँदै नगर प्रमुख थापाले नगरपालिका सोही अनुरुप मानवीय विकासमा लागिरहेको बताउनुभयो ।
स्वीस प्रोजेक्ट अन्तर्गत सूर्यविनायक नगरपालिकाभित्रबाट छनौट भएका २० ब्यवसायीलाई ब्यवसाय विकास सहयोग कार्यक्रमको समापन गर्नुहुँदै नगर प्रमुख थापाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।
नगरपालिकाले निजी क्षेत्रसँग पनि सहकार्य गरेर ब्यवसायीक प्रबद्र्धनमा जोड दिइरहेको बताउँदै स्वीस सरकारको सहयोगमा नगरपालिकाका ब्यवसायीलाई बलियो र सक्षम बनाउका लागि यो कार्यक्रमले सहयोग पुगेको बताउनुभयो ।