
सिपाडोल: भक्तपुरमा वन डढेलो विपद् विरुद्ध जनचेतना अभियान ब्यापक बनाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, भक्तपुर शाखाको व्यवस्थापन एवं अस्ट्रेलिया सरकारको प्राविधिक सहयोगमा जनचेतना अभियान ब्यापक बनाइएको हो । भक्तपुरका चाँगुनारायण र सूर्यविनायकमा जनचेतना अभियान अन्तर्गत तालिम प्रदान गरिएकोमा मंगलबार भने बृहत्त र्याली निकालीएको हो ।

सूर्यविनायक नगरपालिका वडा नंं ८ सिपाडोलको वडा कार्यालयमा भेला भई सामुदायिक वन उपभोक्ताहरुले बृहत्त जनचेतना र्याली गरेका हुन । वडा कार्यालयबाट शूरु भएको र्याली केदारनाथको शीर डोलेश्वर मन्दिर परिसरमा पुगेर सभामा परिणत गरिएको थियो । विभिन्न जनचेतनामूकल प्ले कार्ड सहित गरिएको र्यालीमा सयौको संख्यामा उपभोक्ताहरु सहभागि थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जिल्ला वन उपभोक्ता महासंघले सामुदायिक वन संरक्षण गर्नेदेखि उपभोक्ताहरुलाई जागरुक र सचेत गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामेश्वर बोहारा, बागमती प्रदेश अध्यक्ष बिनोद सापकोटा, वन बिज्ञ सुभाष चन्द्र देबकोटा,वन बित्र बिजय पौडेल र सुन्दर शर्मा, , सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रामेश्वर थापा, सब डिभिजन जिल्ला भक्त्तपुरका अधिकृत सरस्वती अर्याल, पारिवारीक निजी वनका केन्द्रीय अध्यक्ष जोगराज गिरी, काठमाडौ जिल्ला अध्यक्ष रिता फुयाल, केदारनाथको शीर डोलेश्वर महादेव समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले मन्तब्य राख्नु भएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुर अध्यक्ष पार्वती श्रेष्ठ नगरकोटी श्रेष्ठको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सचिव रमिला कार्कीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने स्वागत अञ्जना नेपाली र धन्यवाद प्रवित्रा तिमिल्सिनाले गर्नु भएको थियो ।













