कटुञ्जे : सूर्यविनायक नगरपालिकामा ‘उपप्रमुखसँग किशोरी, किशोरीसँग सीप’ अन्तर्गत आधारभूत ब्यूटीसियन तालिम शूरु भएको छ । तालिममको एक कार्यक्रमकाबीच उपप्रमुख सरिता तिमल्सिना भट्टराईले उद्घाटन गर्नुभयो ।
तालिममा १० वटा माध्यमिक विद्यालय मध्ये ५ वटामा आत्म निर्भर र ५ वटा विद्यालयमा आत्मरक्षा कार्यक्रमको तयारी बमोजिम वडा नं १ देखि ७ सम्मका ५ वटा माध्यमिक विद्यालयका ४० जना जनाका दरले जम्मा २०० जना किशोरी विद्यार्थीलाई आफ्नै विद्यालयमा प्रत्येक हप्ताको शुक्रवार र प्रत्येक वडाका ४ जनाका दरले बाल संजालका ४० जना किशोरीहरुलाई शनीबार नगरपालिकाको हलमा सञ्चालन गर्ने र प्रत्येक हप्ताको १ दिन का दरले दसहप्ता अर्थात असार मसान्त सम्म तालिम संचालन हुनेछ ।
तालिममा वडा नं १ सिरुटार र कुलमाया भगवती माविका ८० जना, वडा नं २ महेन्द्रशान्ती माविका ४० जना, वडा नं ४ अरनिको माविका ४० जना, वडा नं ७ ज्योति माविका ४० जना र वडा बाल सञ्जालका ४० जना गरि जम्मा २४० जना सहभागि रहेका छन् ।
तालिम सञ्चालन हुने विद्यालयहरुमा वडा नंं १ को कुलमाया भगवती विद्यालय, सिरुटार माध्यमिक विद्यालय, वडा नंं २ को महेन्द्र शान्ति माध्यमिक विद्यालय, वडा नंं. ४ को अरनिको माध्यमिक विद्यालय र वडा नंं ७ को ज्योति माध्यमिक विद्यालय रहेका छन् । तालिम यी विद्यालयमा प्रत्येक हप्ताको १ दिन १० हप्ता सम्म चल्नेछ ।
तालिमले किशोरीहरुलाई जीवनउपयोगी सिप सिकाई र आत्मनिर्भर बन्ने बाटो तर्फ अगाडि बढाउन सहयोग पुग्ने उपप्रमुख भट्टराईले बताउनुभयो ।
उपप्रमुख भट्टराईका अनुसार संयुक्त राष्ट्रिय संघले तय गरेको दिगो विकास लक्ष्यको ५ औं लक्ष्य र नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार लैगिक समानताका लागि वालिका किशोरी र महिलालाई आर्थिक तथा सामाजिक पंहुचमा सहज उपस्थितिका लागि विभिन्न कार्यक्रम मार्फत सहभागि गराउँदै समानता कायम गराउने उद्देश्यले वालिका दिवस मनाउने, किशोरी संजालको कार्यविधि बनाउने लगायतका कार्य गरिदैं आएको छ ।
कार्यक्रमका सभापति तथा सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले विद्यालयका भाई बहिनीहरुलाई सैद्धान्तिक ज्ञान संगसंगै व्यवहारिक ज्ञान र सीप सिकाउँदै मानवीय विकासमा वृद्धि गर्ने उद्देश्यकले यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
यसै अनुरुप २०८०/८१ को १४ औं नगरसभामा तय गरिएको “उपप्रमुख संग किशोरी कार्यक्रम” अन्तर्गत विद्यालयमा भएका किशोरी र वडाको वाल संजाल र वालक्लवमा भएका किशोरीहरुका लागि आत्म निर्भर र आत्मरक्षाको कार्यक्रम गर्न शिक्षा शाखा संँगको समन्वय अनुसार कार्यान्वयन गरिनेछ । ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुँइटेल, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु तथा तालिममा सहभागि किशोरीहरुको सहभागिता थियो ।