चुनदेवी: भक्तपुरको सूर्यविनायक नगरपालिका चुनदेवीमा सम्पन्न नवौं चरणको राष्ट्रिय बुद्धिचाल बी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। ६० जना राष्ट्रिय शीर्ष खेलाडी सहभागी रहेको प्रतियोगितामा युवा खेलाडी पुरुषोत्तम सिलवाल ७.५ अंक जोडेर प्रथम हुन सफल हुनु भएको छ ।
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले आज भएको समापन समारोहमा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो । मेयर थापाले नगरपालिकाले विकास निर्माणसँगै खेलकूद क्षेत्रलाई पनि विशेष प्राथमिकता दिदैं आएको बताउनुभयो ।
नगरको बिकास निर्माण कार्य संगसँगै रचनात्मक क्रियाकलापमा योगदान पुर्याउने लक्ष्यअनुसार अगाडि बढिरहेको उहाँले बताउनुभयो । उहाँले आगामी बजेट मार्फत चेस खेल उत्थान गर्नेमा नगरपालिकाको दह्रिलो उपस्थिति रहने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले महासंघको विधान संसोधित हुने संघारमा रहेको जानकारी गराउनु भएको छ । लामाले महासंघलको वार्षिक क्यालेण्डर अन्तर्गत १२ महिनामा हुने कार्यक्रमहरु तय भई कार्यान्वयनमा आइसकेको अवगत गराउनुभयो ।
प्रतियोगिताका संयोजक निरञ्जन प्रजापतिले प्रत्येक वर्ष नेशनल बी भक्तपुरले गर्ने बताउदै सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न चेस छनौट प्रतियोगितामा काभ्रेका क्याण्डिडेड मास्टर मिलन लामा, पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ र ललितपुरका सुरोज महर्जन समान ६.५ अंक प्राप्त गर्दै संयुक्त दोश्रो स्थानमा रहन सफल हुनु भएको छ । पुरुषोत्तम संगै यी खेलाडीहरु छनौटमा पर्नु भएको थियो ।
भक्तपुर जिल्ला बुद्धिचाल संघको सहआयोजना एवं व्यवस्थापनमा गत ६ गते देखि सञ्चालन भएको छनौट खेलवाट राजीव कार्की, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी, प्रेमकृष्ण महर्जन र एरिना इन्टरनेशनल मास्टर शुश्रुत दहाल ६र६ अंक बनाएर राष्ट्रिय प्रतियोगिताका लागि छनौट हुन सफल हुनुभयो । दुई जना वैकल्पिक खेलाडीमा सुशील चौधरी र सिएम पुरुषोत्तम चौलागाईं पर्न सफल हुनु भएको हो ।
आगामी सेप्टेम्बरमा विश्व बुद्धिचाल महासंघले यूरोपको हंगेरीमा चेस ओलम्पियाडको आयोजना गर्ने मिति तय गरेको छ। उक्त चेस ओलम्पियाडमा नेपालको तर्फवाट सहभागी हुने ५ जना खेलाडीहरुको छनौट जेष्ठ १९ गते काठमाडौको होटल ले हिमालयनमा गर्ने निर्णय गरिसकेको छ। यस प्रतियोगिता मार्फत महिला र खुल्ला समूहवाट छनौट भएका ९र९ जना खेलाडीहरुले वर्तमान नेपाल पहिलो, दोश्रो र तेश्रो संग पुनः प्रतिस्पर्धा गरि हंगेरीको बाटो तय गर्नेछन्।
्