राम्रा कामको सबैले प्रोत्साहन गर्नुपर्छ : मेयर, बासुदेव थापा, सूर्यविनायक नगरपालिका

सिरुटार: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले राम्रा कामको प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भएको छ । समाजमा राम्रा काम गर्ने संघ संस्था, बौद्धिक ब्यक्तीत्वहरुलाई प्रोत्साहन गर्नुपर्नेमा नगर प्रमुख थापाले जोड दिनु भएको हो ।

शनिबार सिरु स्मारिका एघारौ पाईला लोकार्पण तथा आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको थापाले समाजलाई सही बाटोमा आगडि बढाउन बौद्धिक जगतको महत्वपूर्ण हात हुने बताउनुभयो ।

नगरपालिकाले नगरका सबै वडामा रहेका बौद्धिक समाजको उत्थान, सम्मान तथा कदर गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थलगायत विभिन्न जनप्रतिनिधि तथा बौद्धिक ब्यक्तीत्वहरुको सहभागिता थियो ।