
भक्तपुर: सूर्यविनायक नगरपालिकाले जग्गा सम्याउने कार्यमा रोक लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले एक बिज्ञप्ति जारी गर्नुहुँदै वर्षायाम शूरु भएकाले विपद् जोखिमलाई मध्यनजर गर्दै जग्गा सम्याउने कार्यमा रोक लगाइएको बताउनुभयो ।
गत मंगलबार बसेको कार्यापालिका बैठकको निर्णय अनुसार हेवी ईक्वीपमेन्ट प्रगोग गरि जग्गा सम्याउने कार्यमा पूर्ण रुपमा रोक लगाइएको हो । साथै निर्णय विपरीत प्रयोग भएका कानुन बमोजीम कारवाही हुने समेत जनाइएको छ ।
