सूर्यविनायक: सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुरले २९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा आयोजित कार्यक्रम सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले गमलामा पानी राखेर उद्घाटन गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख थापाले वनजंगल संरक्षण गर्न वन उपभोक्ताहरुको महत्वपूर्ण योगदान रहेको बताउनुहुँदै स्थापना दिवसको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला वन कार्यालय भक्तपुरका प्रमुख विश्व कोइराला, वन कार्यालय भक्तपुरका सहायक सरिना चुडाल, सवडिभिजन वन कार्यालय सूर्यविनायक प्रमुख रोशनी बुढाथोकी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामेश्वर बोहरालगायतले स्थापना दिवसको शुभकामना दिनु भएको थियो ।
महासंघ भक्तपुर अध्यक्ष पार्वती श्रेष्ठ नगरकोटीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सचीव रमिला कार्की र सदस्य अञ्जना नेपालीले पनि बोल्नु भएको थियो ।
त्यस्तै, महासंघले सामुदायिक वनको सुशासन अभिबृद्धि तथा सचेतना गोष्ठी कार्यक्रम पनि आयोजना गरेको छ ।