सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा जोरपाटी माध्यमीक विद्यालयको ६६ औं वार्षिकोत्सवको उद्घाटन

चित्तपोल: सूर्यविनायक नगरपालिका वडा नंं १० मा अवस्थित जोरपाटी माध्यमीक विद्यालयको ६६ औं वार्षिकोत्सव मनाइएको छ । नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शुक्रबार आयोजित एक कार्यक्रमबीच वार्षिकोत्सव, अभिभावक भेलाको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै प्रमुख अतिथि थापाले नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विभिन्न खालका रचनात्मक गतिविधि संचालन गरिरहेको बताउनुभयो । नगर प्रमुख थापाले नगरपालिका शिक्षा, स्वास्थ्य र मानवीय विकासमा लागिपरेको बताउनुभयो ।

नगरभित्रका सामुदायिक विद्यालयहरु निजी भन्दा कम हुन नहुनेमा जोड दिनुहुँदै त्यसका लागि शिक्षक र अभिभावक सबैको उत्तीकै जिम्मेवारी रहेने बताउनुभयो ।

नगर प्रमुख थापाले आगामी आर्थिक वर्षदेखि आयमूलक, सिपमूलक र रोजगारीमूलक क्षेत्रको रुपमा विकास गर्न र्निब्याजी विनाधितो ऋण दिने गरि नीति तथा कार्यक्रम ल्याइने समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा ननगरपािलका शिक्षा शाखा प्रमुख रत्न बहादुर कट्वाल, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्री र वडा नंं १० का वडाध्यक्ष शिवराम रावतलगायत जनप्रतिनिधिहरुको पनि मन्तब्य राख्नु भएको थियो ।