
गुन्डू: सूर्यविनायक नगरपालिका वडा नं ७ ले ४८ घरमा ईन्डक्सन चुलो वितरण गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापाले उत्पीडित क्षेत्र दलीत समुदायको ४८ घरमा प्रतिघर परिवार प्रति एक ईन्डक्सन चुलो वितरण गर्नुभयो ।

वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ८० प्रतिशत स्थानिय सरकार र २० प्रतिशत उपभोक्ताको लागत साझेदारीमा चुलो बितरण गरिएको हो ।
