पकाण्डोल: सूर्यविनायक नगरपालिका वडा नंं १ स्थित पकाण्डोल चरखण्डी खोलामा निर्माण गरिएको कल्भर्टको उद्घाटन गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच सूर्यविनायकका नगर प्रमुख बासुदेब थापाले चरखण्डी खोलामा निर्माण गरिएको कल्भर्टको उद्घाटन गर्नुभयो ।
नगरपालिकाको करिब १५ लाख सहयोगमा कल्भर्ट निर्माण गरिएको हो । सो अवसरमा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि थापाले नगरपालिकाले भौतीक पूर्वाधार निमार्णामा ठूलो उपलब्धी भएको बताउनुभयो ।
नगर प्रमुख थापाले आफू निर्वाचीत भएर आएपछि पछिल्लो सात वर्षमा ११४ किलोमिटर सडक कालोपत्रे, १४५ किलोमिटर सडक स्तरोन्नति, १७७ किलोमिटर सडक सिमांकन, ४० किलोमिटर सडकमा ढल ब्यवस्थापन र ३७ वटा पुल तथा कल्भर्ट निर्माण गरिएको बताउनुभयो । अब भने नगरपालिकाले आयमूलक, सिपमूलक र रोजगारीमूलक क्षेत्रको विकासमा लागिरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थले पकाण्डोल चरखण्डी पुल ऐतिहासिक भएको बताउनुभयो । नयाँ वर्षमा पकाण्डोलबाट जात्रा शूरु भएपछि मात्र मध्पुर थिमीमा जात्रा शूरु हुन गरेको बताउँदै पुल जीर्ण हुँदा स्थानीयबासीले समस्या खेप्दै आएकोमा पुल निमार्णले धेरै सहयोग मिलेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका कानूनी सल्लाहकार गोविन्द चौलागाई, प्राविधिक शाखा प्रमुख जनक न्यौपाने, जनप्रतिनिधिहरु, पकाण्डोल चरखण्डी कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको बाक्लो सहभागिता थियो ।