मेयर बासुदेव थापाद्धारा सूर्यविनायक नगरपालिका-१० का ८४ घरधुरीलाई इन्डक्सन चुलो वितरण

चित्तपोल: सूर्यविनायक नगरपालिका वडा नं १० का ५३ घरधुरीलाई इन्डक्सन चुलो वितरण गरिएको छ ।

नगर प्रमुख बासुदेव थापाले आयोजित एक कार्यक्रमकाबीच दलीत उत्थान कार्यक्रम अन्तर्गत ५३ घरधुरीलाई इन्डक्सन चुलो वितरण गर्नु भएको हो ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाले युवा, दलित, महिला, ज्येष्ठ नागरिक लगायत लक्षित वर्गहरुको उत्थानमा विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनुभयो ।

यसअघि वडा नं १० का ३१ घरधुरीलाई सो चुलो हस्तान्तरण भइसकेको वडा सचिव कुमार रावतले जानकारी गराउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष शिवराम राउत, दलीत मुक्ति समाजका केन्द्रीय प्रतिनिधि दिपक बिशुङ्खे लगायतको सहभागिता थियो ।