सूर्यविनायक: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले चरखण्डी तीर्थस्थल क्षेत्र विकास सरक्षण संस्थाको २६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नु भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख थापाले सांधारणसभाको उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले नगरपालिकाले पछिल्लो सात वर्षमा भौतीक पूर्वाधारमा ठूलो फड्को मारेको बताउँनुहुँदै बाँकि कार्यकालमा मानवीय विकासमा लागिपर्ने बताउनुभयो ।
नगर प्रमुख थापाले सिपमूलक, रोजगारमूलक र आयमूलक क्षेत्रको विकासका लागि आगामी नगर सभाबाट विशेष कार्यक्रम ल्याइने पनि जानकारी गराउनुभयो । कार्यक्रममा वडा नंं १ र ४ का वडाध्यक्ष क्रमश: सानुकाजी कायस्थ र लछुराम न्यौपानेलगायत जनप्रतिनिधिहरुको सहभागिता थियो ।