
कटुञ्जे: सूर्यविनायक नगरपालिकाले उद्यम ब्यवसाय तथा बेरोजागर समस्याको न्यूनीकरण गर्न २ करड २१ लाख बजेट विनियोजन गरेको छ ।
विनियोजीत बजेट अनुसार ‘नगर प्रमुख रोजगार कार्यक्रम’ सञ्चालनका लागि १ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारीको लागि ५० लाख र महिला उद्यमशीलता कार्यक्रम सञ्चालका लागि २० लाख बजेट छुट्याइएको छ ।
त्यस्तै, ब्यवसायीक क्षेत्रमा नवप्रवर्तनलाई बढावा दिदैं सृजनशील र नवीन सोचका साथ उद्यम कार्यक्रमहरुलाई ब्यवसायिक उत्पादन एवं सीप र प्रविधिसँग जोडी लघु घरेलु, साना तथा मझौला उद्योगलाई प्राथमिकता तथा प्रोत्साहन गर्न र रोजगारदाता, बेरोजगार युवाहरु बीचको दूरी हटाउन रोजगार मेला आयोजनाको लागि समेत आवश्यक बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।