सूर्यविनायकमा मेयर बासुदेव थापाको सात वर्ष: सबै बैठक र अधिवेशन सर्वसम्मत, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा फड्को, मेलम्चीको खानेपानी खुवाउन सक्रिय

भक्तपुर: देशमा राज्य पुनर्सरचना पछि बनेको अधिकार सम्पन्न बलियो स्थानीय तहको पहिलो पटक भएको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा नेकपा एमालेको तर्फबाट बासुदेव थापा निर्वाचीत हुनुभयो । पहिलो पटक निर्वाचीत हुनु भएपछि नगर प्रमुख थापाको नेतृत्वमा पहिलो कार्यकालमा बलियो जग बसाल्ने कार्य भयो ।

नगरपालिका स्थापना भएदेखि १६ वटा अधिवेशन र १७० वटा बैठक बसियो । ती सबै बैठक र अधिवेशन सर्वसम्मत रुपमा पारित 

विशेष गरि निर्वाचीत भएपछि सबैको साझा ब्यक्तीको रुपमा आफ्ना काम कारवाहीलाई अगाड बढाउनु भएको मेयर थापाले पहिलो कार्यकालको पाँच वर्षमा भौतीक पूर्वाधारमा ठूलो फड्कै मार्न सफल हुनुभयो ।

दोस्रो कार्यकालमा भएको निर्वाचनमा पनि मेयर थापाले पहिलो कार्यकालमा गर्नु भएको राम्रा कामकै कारण सबैको रोजाईमा पर्नुभयो र पुनः विजयी हुनुभयो । दोस्रो कार्यकालमा निर्वाचीत भएपछि यसअघिका अधुरा योजना पूरा गर्दै नमूना र उदाहरणीय कार्य गर्दै अगाडि बढिरहनु भएको छ ।

शिक्षा क्षेत्रमा पहिलो पटक सामुदायिक विद्यालयका प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरि सबैलाई पाठ सिकाउनु भयो । नगरपालिकाले शूरु गरेको सो कार्यको देशका सबै स्थानीय तहमा लागू भयो । नगर प्रमुख थापा उपत्यका मेयर्स फोरमको उपाध्यक्ष पनि हुनुहन्छ । फोरमबाट समेत संस्थागत निर्णय भएपछि नेपाल सरकारले नै नीति तथा कार्यक्रममा नै समावेश गरेर देशैभरै खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्त गर्ने कार्य शूरु भएको छ ।

पछिल्लो समय शिक्षा स्वास्थ्य र खानेपानीलाई प्राथमिकता

नगर प्रमुख थापा दोस्रो कार्यकालमा निर्वाचीत हुनु भएको दुई वर्ष पूरा भएको छ भने नगरपालिकामा नेतृत्व गर्नु भएको सात वर्ष भएको छ । यस अवधिमा नगर प्रमुख थापाको नेतृत्वमा थुप्रै काम भएका छन् । नगर प्रमुख थापाले पछिल्लो समय शिक्षा स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभयो ।

नगरपालिका स्थापना भएदेखि १६ वटा अधिवेशन र १७० वटा बैठक बसियो । ती सबै बैठक र अधिवेशन सर्वसम्मत रुपमा पारित भए । नगर प्रमुख थापाले फरक विचारधाराका पार्टीबाट निर्वाचित भएर आए पनि नगरपालिकामा आएपछि पार्टीका कार्यकर्ता नभइ जनप्रतिनिधिका रूपमा काम गर्दै नगरबासीको साझा नेतृत्व बन्न सफल हुनुभयो ।

‘दिगो विकास, ब्यवस्थित सहर, स्वच्द्ध समृद्ध सूर्यविनायक नगर’ भन्ने नगरको दिर्घकालीन सोच हासिल गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई केन्द्रित

यस अवधिमा नगरपालिकामा आर्थिक र सामाजिक रुपान्तरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भए । पूर्वाधार विकासको मेरुदण्ड मानिने सडक पूर्वाधारलाई ब्यापक विस्तार गरी चालू आर्थिक वर्षमा मात्र १२१ किलोमिटर पक्की नाली सहितको कालोपत्रे सडक, ३९ वटा मोटरेवल पुल, ५ हजार १ १९ वटा बत्ती जडान गरी सबै वडा केन्द्रहरु स्तरीय संजालमा जोड िसमग्र दिगो पूर्वाधार विकासको ब्यापक प्रयास भएको छ ।

आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज र सुलभ पहुँचको लागि बिशेषज्ञ सुविधा सहितको नगर अस्पतालको सेवा शूरुवात गरिएको छ भने स्वास्थ्य बीमाको पहुँचमा पुर्याउन एक घर स्वास्थ्य बीमा कार्यक्रमा लागि नगरपालिकाबाट १ हजार र कर्मचारीको लागि पचास पचीस प्रिमियम अनुदान ब्यर्होने गरी कार्यान्वयनमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा चालु आर्थिक वर्षमा २ हजार १४१ घरधुरी लाभान्वित भएका छन् ।

‘दिगो विकास, ब्यवस्थित सहर, स्वच्द्ध समृद्ध सूर्यविनायक नगर’ भन्ने नगरको दिर्घकालीन सोच हासिल गर्न आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई केन्द्रित गरिएको नगर प्रमुख थापाले बताउनुभयो ।