कीर्तीपुरका नगर प्रमुख नकर्मीको निधनप्रति सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा दुःख ब्यक्त

कटुञ्जे: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले कीर्तिपुर नगरपालिकाका नगर प्रमुख राजकुमार नकर्मीको निधनप्रति दुख ब्यक्त गर्नु भएको छ । मेयर नकर्मीको बिहीबार राति निधन भएको थियो ।

हाल अमेरिकामा रहनु भएको मेयर थापाले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत नकर्मीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गर्नु भएको छ ।

‘कीर्तीपुर नगरपालिकाका नगर प्रमुख राज कुमार नकर्मीको असामयीक निधनप्रति अत्यन्तै मर्माहत भएको छु । यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गर्दै धैर्य धारणा गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछु,’ मेयर थापाद्धारा जारी बिज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, यस दु:खद घडीमा काठमाडौं उपत्यका मेयर्स फोरमले शोक बिज्ञप्ति जारी गर्दै आइतबार काठमाडौै उपत्यकामा शोक बिदा दिने घोषणा गरेको छ ।