
कटुञ्जे: सूर्यविनायक नगरपालिकाले बिहीबार स्थानीय बिदा दिएको छ । वडा नंं ८ सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरको चारै ढोका खोल्ने दिन स्थानीय बिदा दिइएको हो ।
केदारनाथको शिर भाग घोषणा गरिएको दिन भदौ ६ गते मन्दिरका चारै ढोका खोल्ने गरिएको छ । सोही अवसरमा नगरपालिकाले विगतका वर्षदेखि नै स्थानीय बिदा दिदैं आएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले एक सूचना जारी गर्नुहुँदै अत्यावश्यक वाहेक सबै कार्यालय बन्द हुने उल्लेख गर्नु भएको छ ।
बिहीबार डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला समेत समापन हुँदैछ । मेलाको एक कार्यक्रमको आयोजना गरि नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले समापन गर्ने कार्यक्रम रहेको छ ।
