सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा चित्तपोल स्वास्थ्य चौकीको नव-निर्मित भवन उद्घाटन (फोटोफिचर)

चित्तपोल: सूर्यविनायक नगरपालिका वडा नं १० को नव निर्मित चित्तपोल स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव थापाले रिवन काटेर भवनको उद्घाटन गर्नु भएको हो ।

१ करोड ४० लाख लागतमा भवन पुन: निर्माण भएको हो । चित्तपोल सूर्यविनायक नगरभित्रकै उत्कृष्ठ स्वास्थ्य चौकीमा समेत पर्दछ ।

सो अवसरमा नगर प्रमुख थापाले नयाँ भवनबाट सेवाग्राहीलाई स्वास्थ्योपचारमा सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो ।

कार्यक्रममा वडा नंं १० का वडाध्यक्ष शिवराम रावत, स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाई, कार्यपालिका सदस्य शर्मीला लम्साल बस्नेत लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा बाजागाजासहित अतिथिहरुलाई स्वागत गरिएको थियो ।