शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएर अगाडि बढिरहेका छौ : मेयर-बासुदेव थापा, सूर्यविनायक नगरपालिका

कटुञ्जे : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले शैक्षीक क्षेत्रको विकासमा लागिपरेको बताउनु भएको छ । नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयको शैक्षिक विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख थापाले बताउनु भएको हो ।

विद्यालयमा बालबालिकाहरुलाई पढ्ने वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नु भयो । नगरपालिका एक्लैको प्रयासले गुणस्तरीय शिक्षा प्रदान सम्भव नहुने भएकाले अभिभावक तथा शिक्षकहरुलाई आआफ्नो तर्फबाट जिम्मेवार बन्न आग्रह गर्नु भयो ।

सात वर्षको अवधिमा पूर्वाधार क्षेत्रमा फड्को नै मार्न सफल भएको बताउनुहुँदै मेयर थापाले विगतमा कस्तो थियो अहिले कस्तो छ भन्ने नगरबासीले महसुस गरिरहेको बताउनुभयो ।

भौतीक पूर्वाधार, सडक, खानेपानी, मठ मन्दिरको काम निरन्तर चल्ने भएकाले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएर अगाडि बढिरहेको बताउनुभयो ।

जगातीमा रहेको नगर अस्पतालमा छिट्टै वटी र अपरेशन थ्रिएटर सहितको सेवा शूरु गर्न गइरहेको पनि उहाँले बताउनुभयो ।